चौरजहारीमा लिफ्ट खानेपानीको उद्घाटन, एक घर एक धारा अभियानले सार्थकता पाउदै

ज्ञानु गाैतम, रुकुम पश्चिम

 

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १४ स्थित कालाखोला घोर्लेवोट नुवाकोटडाँडा लिफ्ट खानेपानी आयोजनाको शनिवार उद्घाटन गरिएको छ । उक्त आयोजनाको कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दलबहादुर रावलले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रदेश सभासदस्य गोपाल शर्मा अनल, नगर प्रमुख विशाल शर्मा, उप प्रमुख राधा रोका, त्रिवेणी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको उपस्थित रहेको थियो । उक्त आयोजनाले चौरजहारी नगरपालिका वडा नम्बर १४ र त्रिबेणि गाउँपालिका वडा नम्बर ९ का १ सय ५६ घरधुरीले खानेपानी पिउन पाउने छन । चौरजहारी नगरपालिका वडा नम्बर १४ का ४६ र त्रिबेणी गाउपालिकाका ११० घरधुरी गरि जम्मा १५६ घरधुरिले खानेपनी पिउन पाउने छ्न । चौरजहारी नगरपालिकाले लिएको एकघर एकधाराको अभियान अन्र्तगत उक्त खानेपानी आयोजना पनि पर्दछ । यसैगरी यस अभियानमा अन्य सम्पूर्ण क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने नगर प्रमुख शर्माले स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्