टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भारतको पोल्टामा

COLOMBO, SRI LANKA - OCTOBER 02: Yuvraj Singh of India celebrates the wicket of AB De Villiers of South Africa with teammates during the ICC World Twenty20 2012 Super Eights Group 2 match between South Africa and India at R. Premadasa Stadium on October 2, 2012 in Colombo, Sri Lanka. (Photo by Pal Pillai/Getty Images,)

श्रीलंकाविरुद्ध तीन खेलको टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली भारतले जितेको छ । पुनेमा शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा भारतले श्रीलंकालाई ७८ रनले हरायो । भारतले सिरिज २–० ले जितेको हो । दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेल भारतले सात विकेटले जितेको थियो ।

भारतले दिएको दुई सय दुई रनको जियी लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा सवै विकेट गुमाएर एक सय २३ रनमा समेटियोएको थियो । श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ५७ र एन्जेलो म्याथ्युजले ३१ रन बनाए । श्रीलंकालाई सस्तैमा समट्ने भारतका नाभ्दिप सैनीले तीन विकेट लिए । सार्दुल ठाकुर र वासिङटन सुन्दरले दुई दुई विकेट लिए । जसप्रित बुमराहले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा दुई एक रन बनाएको थियो । भारतका लागि लोकेश राहुल र शिखर धवनले अर्धशत बनाए । लोकेशले ५४ र शिखरले ५२ रन बनाए । मनिष पाण्डेले अविजित ३१, कप्तान विराट कोहलीले २६ र सार्दुल ठाकुरले अविजित २२ रन बनाए । श्रीलंकाका लाक्सन सान्डकानले तीन विकेट लिए । लाहिरु कुमरा र वानिन्दु हसरंगाले एक एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्