दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असफल भए पनि देश असफल बनाउन नहुने बताउनुभएको छ ।
दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताउनुभयो । उहाँले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्नुभयो । ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्रीको भनाइ थियो ।
नेपालमा कसैको पनि भोकैले मृत्यु नहुने दोहो¥याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको बताउनुभयो ।