काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भएको बताउनुभएको छ ।
शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले ओलीले भन्नुभयो, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’
प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उहाँले भन्नुभयो ‘खुट्टी देखेरै पत्याइयो ।’ कार्की ब्याङ्क्वेटमा जम्मा भएका कर्याकर्तालाई सम्बोधन गर्दै ओली समूहको अध्यक्ष समेत रहेका उहाँले भन्नुभयो, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’ संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उहाँले चेतावनी दिनुभयो ।