काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।
पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । मौसम खराबी भएकाले हेलिकप्टर आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ ।