केही स्थानमा मध्यमदेखि भारी हिमपात तथा बर्षाकाे सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम हिजो बेलुकाबाट फेरि प्रभावित भएको छ । नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । पश्चिमी वायुको प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ । आज देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । भोलि पनि यो क्रम जारी रहनेछ ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्