डोटीका नौवटै स्थानीय तहमा गरिब परिचयपत्र बितरण गरिने भएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत चालु आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम लागु हुन लागेको हो । जिल्लामा रहेका गरिब पहिचान गरि सोही अनुरुप आवश्यकता अनुसार कार्यक्रम ल्याइने गरिब घरपरिवार पहिचान तथा परिचयपत्र बितरण कार्यक्रमका फोकल पर्सन गणेश बिष्टले बताउनु भयो । अब दुइ साता भित्र गणक र सुपरभाइजरको नियुक्ती सकेर तथ्यांक संकलन संगै गरिबलाई परिचयपत्र बितरण गरिने जिल्ला समन्वय प्रमुख राम बहादुर ऐरले बताउनुभयो । गरिबको वर्गीकरण पछि त्यही अनुरुपका कार्यक्रम ल्याईउने बतायएको छ । सरकारले देशभरका ११ जिल्लामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र बितरण कार्यक्रम लागू गर्दैछ ।।
डोटीका नौवटै स्थानीय तहमा गरिब परिचयपत्र बितरण गरिने
