प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्नुहुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे सम्बोधन गर्नुहुनेछ ।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्