अछाममा ९ सय ४९ छाउगाेठ भत्काईए, दार्चुला र बैतडीमा छाउगाेठ नभएकाे तथ्यांक

सरकारले छाउगाेठहरू भत्काउने अभियान अन्तर्गत एक हजार दुई सय ७६ छाउगोठहरु भत्काएको छ । अछाममा ९ सय ४९, सुर्खेतमा ३ सय, दैलेखमा १७, बझाङमा ७, सल्यानमा २ वटा, जाजरकोटमा १ छाउगोठ भत्काइएको छ । कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, डोल्पा, रुकुम पश्चिममा भने छाउगोठहरु रहेका छैनन् ।
सुर्खेत जिल्लामा रहेका १८ सय छाउगोठ भत्काउन सरकारले विशेष अभियान नै सञ्चालन भइरहेको छ । छाउपडी प्रथा अन्त्यका लागि प्रथा रहेका जिल्लाहरूमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिकर्मी, धार्मिक अगुवा, शिक्षक र विद्यार्थी, युवा क्लब र स्वास्थ्यकर्मीलगायतको संलग्नतामा सचेतना कार्यक्रमहरु पनि सञ्चालन भइरहेको छ ।

संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकमा उहाँले महिनावारीलाई अपराधका रुपमा बुझ्न नहुने बताउनुभएको हो । जसको घरमा यो प्रथा प्रचलनमा रहेको पाइन्छ त्यस्तो घरका अभिभावक र छाउगोठमा बस्ने महिलालाई समेत अनिवार्य रूपमा कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन र कडा कारबाहीको व्यवस्था मिलाउन समिति गृह र समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्