हरिश चन्द, डडेल्धुरा
दशै तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि डडेल्धुरा जिल्लाका व्यापारिक बजारमा चहलपहल छ भने ब्यापार भने कम देखिएको छ । विगतका वर्षहरुमा दशै नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण ब्यापार कमी आएको हो ।
सुदुरपश्चिम प्रदेशकै सात पहाडी जिल्लकै मुख्य केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्लाकै सदरमुकाम बजार बागबजार यति बेला ब्यापारमा कमि आएको देखिएको छ । हिन्दु हरुको मुख्य चाड दशै तिहार नजिकिदै गर्दा बजारमा चहलपहल छ तर ब्यापार भने छैन । केही पसलहरुमा सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका छन ।
खासगरी लत्ताकपडा, रेडिमेड कपडा पसल, घरायसी सामग्री, मोबाइल फोन लायतका बाजरमा सुनसान देखिएको छ । विगतमा चाडपर्वको समयमा निकै भिड हुने बजार यसपटक ब्यापार ब्यबसाय सुन्य हुँदा व्यापारिहरु पनि निरास बनेका छन ।
डडेल्धुरा जिल्लामा यतिबेला दशै नजिकिदै गर्दा चहलपहल बढिसकेको हुन्थ्यो तर यस वर्ष कोभिड १९ कोरोना भाईरस संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन । त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारिहरुको गुनासो छ ।
कोभिड १९ कोरोना भाईरस संक्रमणको जोखिमका कारण गाउ बाट मानिसहरु किनमेलका लागी बजार नआउनु र कोभिड १९ कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण बिकास निर्माणका काममा कमि आउनुका साथै कामका सिलसिलामा देश बिदेश गएका हरु कोरोना भाईरसको त्रासले घर फर्कर व्यरोजगार बस्नु मुख्यकारण हुन सक्ने व्यापारी प्रनिन महरको भनाई छ ।
सरकारले लकडाउन र निषेधाज्ञा खुकुलो बनाएर आर्थिक गतिविधि बढाउन प्रयास नगरेको भने होइन ।
तर, तीव्र रूपमा फैलिएको कोरोनाले परिस्थिति गम्भीर बनाएको छ । कोरोना प्रभावबाट बाहिर आउन अझै दुई तीन वर्ष लाग्न सक्ने व्यापारी व्यवसायी बताउँछन् । कोरोनाका कारण विगतमा ठूलो लगानी गरेका व्यापारी चिन्तित बनेका छन् । सोचेजस्तो व्यापार नभएकाले बैंक र फाइनान्सको किस्ता कसरी तिर्ने भन्ने समस्या उनीहरूमा देखिएको छ ।
कोभिड–१९ का कारण अहिले यी क्षेत्रमा चहलपहल देखिए पनि व्यापार व्यवसाय भने विगत वर्षभन्दा निकै घटेको छ । विराट फेन्सि, उग्रतारा फेन्सि, भोगेश्वर ट्रेड, सुरज आर्केड लगायता दर्जन वढी शून्यझैँ छन् । यस वर्ष ९० प्रतिशत व्यापार सुकेको वापारि वताउछन ‘गत वर्ष यो समयमा हामी मात्र नभएर भरियासमेत अति व्यस्त थिए, अहिले सबै चुप लागेर बस्नुपरेको छ, दिनमा दुई हजार पनि व्यापार हुँदैन ।’कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ ।