प्रधानमन्त्रीले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रमोदीबीच टोलिफोन वार्ता भएको छ । बुधबार विहान १० बजे भएको सो फोन वर्तामा नयाँ वर्षको शुभकामना आदानप्रदान हुनुका साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्