“समाज रुपान्तरणका लागि कारण र परिणाम बिचको बहस”

धनन्जय जाेशी

समय दोहरिन्छ भन्दा घटना पनि दोहरिन्छ भन्ने होइन । यस अर्थमा मेरो हिजो आजका रुपमा पुनरावृत्ति भएको हो भनेर बुझ्नु पर्छ । यो कुनै नयाँ परिवेश होइन, परिपक्वता मात्र हो । यदि मैले हिजोलाइ विदा गरे हिजोका दिनलाइ अपरिपक्क हुलमा आएर अपरिपक्क बिचारहरुलाइ केन्द्रमा राखेर बाटो परिवर्तन गरे भने थप असजता हुन सक्छ । मैले विगतलाइ विदा गरे भने मेरो अस्तित्वमा थप दरार पैदा हुन्छ । स्वयमले आफुलाइ कम्जोर बनाएको हो भन्ने बुझिन्छ । मेरो आजको सफलतामा हिजोको निरन्तरता हो भने अहिलेको असफलतामा अहिलेको परिबेशमा संशलेष्ण् हुन नसक्नु, बुझ्न र बुझाउन नसक्नु र घुलमुलको सँकुचित बौद्धिकतामा आप्नो बौद्धिकतालाई फ्युजन गराउन नसकेर परिणाम जनमुखि नदेखिएकोले मात्र परिणामको फाइदा अरु कसैको हातमा गएर चर्चा परिचर्चाले ठाउँ ओगटेको निचोड आएको देखिन्छ ।
भागवत गीतामा कर्मको कुरा छ । कर्म भनेको कारण हो । म जे कारणलाइ सक्रिय पार्छु परिणाम त्यहि आउने हो । जस्तो कुनै मान्छेलाई कसैले जड्याह हो भन्छ भने ती भन्ने बिचारकहरु नै त्यो जाँड बाट आउने गलत परिणाम निकाल्ने पात्र हुन तर कारण किन जाँड भयो, परिबेस कसरी जाँड भयो त्यो कारण दिन नसक्नु नै अपरिपक्वताको संकेत हो । तर जाँड र जाँड खाएको मान्छेले त्यो परिणाम निकालेको हुदैन । मात्र उसले त कारणबाट या अरुले यसो भन्यो उसो भन्यो भन्ने कुरामा रत्ती भर पनि बिचलित नभइ परिणाम स्वीकार गरेको हुन्छ ।
समयको चक्रमा फेरबदल भैरहन्छ तर मानिसको मन पटलबाट नकारात्मक कारण खोज्ने कुरा रुट आउट गर्न सकिँदैन । किनभने गलत सँस्कारका मानिसहरुले परिणाम चाहेका हुदैनन मात्र कारण चाहेका हुन्छन । ती मान्छेहरुले मात्र कारण जाँड हो भन्छन तर परिणाम सहि दियो या गलत दियो,के का लागि भन्यो, गर्यो र कस्तो किसिमको परिणाम ल्याउन खोजेको हो, जाँड के परिबेशले लिइयो त्यो अनुसरण गर्ने बौद्धिक क्षमताको ज्ञानको कमि हुलमुलमा देखिन्छ ।
भगवान बुद्धले यस्ता कारण खोज्ने र परिणाम आउने कुरालाइ अझ परिस्कृत गरेर कारणको सिद्धान्त निर्माण गरेका छन ।

उनले कारणले परिणाम जन्माएपछि त्यो परिणाम कारणमा रुपान्तरण भई अर्को परिणाम सिर्जना गर्दछ । यसरी समाजिक परिवर्तन निरन्तर हुँदै त्यसबाट समाजमा इभोलुसन निश्चित हुन्छ र समाजमा सकारात्मक सोच, चिन्तन, साथ सहयोगको सुरुवात हुन्छ र कू–बिचार, लछारपछार, टिकाटिप्णी, आलोचना, प्रतिआलोचना, गुट उपगुट, सत्य गलत, राम्रो नराम्रो कटक्ष, आग्रह र पुर्वाग्रह सबै खालका बिकृतीहरुमा स्वतः आफै फुलिस्टप लागेर परिणाम मा निसन्देहता र दृशयगत सुधार हुन्छ भनी भगवान बुद्ध ले बताएका छन ।
यश अर्थमा समय आपसमा अभिन्न रुपले जोडिएको हुन्छ । समयको यस मान्यता अनुसार हामी हिजो सकिएको र आज स्थापित भएको दिनको होइन, आज सकिएर भोलि पुनाराबृत्ती हुने र स्थापना हुने दिनको शुभकामना वा रचनात्मकताको कामना गर्ने हैसियत बनाएर अगाडी बढ्नु पर्दछ धन्यवाद ।

 

लेखक : धनञ्जय जाेशी, शुक्लाफाँटा नगरपालिका-७, कञ्चनपुर हाल कामको सिलसिलामा बहराइनमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्