जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने प्रधानमन्त्रीको सङ्कल्प

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा आज सन्देश दिनुहुँदै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “अर्काे नयाँ वर्षको सङ्घारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने छ । जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने छ ।” उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित भएको छ ।”
उहाँले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तमु ल्होसार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्नुभएको छ ।

 

श्राेत : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्