दार्चुलामा थप ३८ जनामा कोरोना, सबै संक्रमित महाकाली नगरपालिकाका

गणेस सिँह धामी, दार्चुला
दार्चुलामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहिबार) गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित ३८ जना महाकाली नगरपालिकाका रहेका छन् । १४० नमुनाहरुमध्ये ४७ जनामा पोजेटिभ र ९३ जनाको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
यसैगरी ९ जना डोटीको जोरायल गाउँपालिकाका रहेको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिएका छन् ।
यो सँगै दार्चुलामा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्