नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ धूमधामका साथ मनाइयाे

FILE PHOTO

गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामका साथ मनाएका छन । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायका महिलाहरु दुई दिनदेखि आफ्नो पहिरनमा सजिएका थिए भने पुरुषहरूले समेत पहिरन लगाएर नाचगानमा व्यस्त थिए । गुरुङ जातिलाई जनाउने अर्को नाम भनेको ‘तमु’ हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको भन्ने भनाइ रहेको छ । तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्