काठमाडाैँ – स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सरकारले गरेपछि प्रदेश ५ को संसदमा हंगामा भएको छ । सोमबार बसेको प्रदेश संसदको दोस्रो बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरुले कुर्सीसहितका फर्निचर तोडफोड गरेका छन् ।
सभामुख पूर्णबहादुर घर्ती मगरले दोस्रो बैठक सुरु गरेलगत्तै रोस्ट्रम घेरेका प्रतिपक्षी कांग्रेससहितका सांसदहरु तोडफोडमा उत्रिएका थिए । सांसदहरुले बैठक कक्षाका कुर्सी उठाउँदै तोडफोड गरेका हुन् ।
प्रतिपक्षीको तोडफोड र नाराबाजीकाबीच दाङलाई राजधानी कायम गर्नुपर्ने प्रस्ताव प्रदेश सरकारले संसदमा पेश गरेको छ । यससँगै यो प्रस्तावमा अहिले छलफल भइरहेको छ ।