गुल्मी – इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् ।
आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजाने क्रममा राति नै बाटोमै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिए ।
गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको डिएसपी पन्तले बताए । के कारणले कुटपिट भएको हो भन्ने कुनै कारण नखुलेको उनको भनाइ छ ।