दार्चुलामा पाँच दिने महिला पत्रकारिता तालिम सुरु

रमेश खत्री, दार्चुला

 

दार्चुलामा सोमबारदेखि महिला पत्रकारिता तालिम सञ्चालन भएको छ । नेपाल पत्रकार महासंघ शाखाद्धारा दार्चुलामा पहिलो पटक महिलाहरु लागि पाँच दिने आधारभूत तालिम सञ्चालन गरिएको पत्रकार महासंघका अध्यक्ष शंकरसिह धामीले बताउनु भयो । जिल्लाका महिलाहरुलाई सञ्चारमाध्यममा सहभागिता गराउने उदेश्यले पाच दिने तालिम सञ्चालन गरिएको अध्यक्ष धामीले बताउनु भयो । जिल्लाका सञ्चार माध्याममा महिला जनशक्ति व्यवस्थापन गर्ने लगायतका उदेश्यले आजबाट पाच दिने तालिममा सञ्चालन गरिएको हो । साथै महिला प्रतिनिधित्व गराउने समेत तालिमको सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासंघ दार्चुला शाखाले महिला पत्रकारहरु उत्पादन गर्ने उदेश्यले १५ जना महिला पत्रकारहरुका तालिम सञ्चालन गरेको थियो । १५ जना मात्रै माग गरिएको भएपनि २५ जनाको आवेदन परेको र सवै महिला आबेदकहरुलाई तालिममा सहभागिता गराउने वातावरण सृजना गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । २५ जना महिलाहरुको आबेदन परेकोमा आज पहिलो दिन २४ जनाको सहभागिता रहेको थियो भने जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । सोमबार पहिलो दिनको सत्रमा नेपाल पत्रकार महासंघ दार्चुलाका शाखा अध्यक्ष शंकरसिह धामीले तालिममा प्रशिक्षण गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्