पर्यटकीय सम्भवाना बोकेको डडेल्धुरा

हरिश चन्द, डडेल्धुरा
डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मीक पर्यटकिय क्षेत्र रहेको जिल्ला हो । जिल्लामा दर्जनौ धार्मीक तथा ऐतिहासिक महत्ववोकेका धार्मीक पर्यटकिय क्षेत्रहरु रहेका छन ।
जिल्लामा देशकै शक्तिपिठ मध्येको एक उग्रतारा मन्दीर, घटाल थान यसैगरी पर्शुरामधाम क्षेत्र रहेका छन् भने ऐतिहासिक पर्यटकिय क्षेत्रमा अमरगढी किल्ला र अजयमेरु कोट रहेको छ । सुदुरपश्चिमप्रदेशकाअन्य पहाडि जिल्ला सहिततराईकादुई जिल्लाको प्रमुख केन्द्रका रुपमा रहेको डडेल्धुरा जिल्लामा रहेकाधार्मीक तथा ऐतिहासिक पर्यटकिय सम्भावना वोकेका क्षेत्रको विकासका लागि सुदुरपश्चिम प्रदेश सरकारले विभिन्न काम समेत गर्दै आईरहेको छ ।
जिल्लाको अमरगढी नगरपालीका ८ स्थित उग्रतारा मन्दीरको विकासका लागि सुदुरपश्चिम प्रदेश सरकारले दुई वर्षको अवधीमा ६० लाख रुपैयाँविनियोजना गरेको छ । उग्रतारा मन्दीरको विकासका लागि वनाइएको गुरुयोजनाको कार्यान्वयनका लागि गत आर्थीक वर्ष २० लाख रुपैया विनियोजना गरेको थियो  भने चालु आर्थीक वर्षका लागि ४० लाख रुपैयाँ विनियोजना गरेको छ ।
सुदुरपश्चिमप्रदेश सरकारले विनियोजन गरेको रकमवाट उग्रतारा मन्दीर परिसरमा भौतिकपुर्वाधारका काम भईरहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजवहादुर शाँकीले वताउँनु भयो । यसैगरी जिल्लाको पर्शुरामनगरपालीकामा रहेको पर्शुराधमधामको विकासकागर्ने उदेश्यले विभिन्न किसिमका भौतिक पुर्वाधारको निर्माण भईरहेको छ । सुदुरपश्चिमप्रदेश सरकारकै समन्वयमा संघीय सरकारको आर्थीक सहयोगमा पर्शुरामधाम क्षेत्रमा धर्मसाला वनाउँने,सौचालय वनाउँने, विभिन्न देवी देवताका मठ मन्दीर र भगवान पर्शुरामको मुर्ती वनाउँने काम भईरहेको छ ।
यसैगरी अमरगढी नगरपालीकामा रहेको घटाल मन्दीर क्षेत्रमा पनि गुरुयोजना अनुसार विकास निर्माणको कामभईरहेको छ । जिल्लामा पर्यटकिय सम्भवाना वोकेका क्षेत्र भएपनि पर्याप्त रुपमाप्रचार प्रसारका साथै भौतिक पुर्वाधारको विकास हुन नसक्दा पर्यटकिय क्षेत्र ओझेलमा परेको होटेल व्यवसायी संघ डडेल्धुराका उपाध्यक्ष दानभण्डारीले वताउँनु भयो । जिल्लामा देशको ईतिहास संग जोडिएका ऐतिहासिक क्षेत्र वोकेकापर्यटकिय क्षेत्र रहेका छन् । धार्मीक तथा ऐतिहासिक धार्मीक क्षेत्र मात्रै नभई नेपालमै सवैभन्दा वढी उचाईमा वाघ पाइएको महाभारत वन क्षेत्र समेत डडेल्धुरामै रहेको छ ।
डडेलधुरामा रहेका पर्यटकिय क्षेत्रको विकासका लागि एक पक्ष मात्रै नभई सरोकारवाला पक्षले मिलेर पर्यटकिय क्षेत्रको प्रचार प्रसार र सम्वर्धन गर्न सके डडेल्धुरामा पर्यटकिय क्षेत्रको विकास गर्न सकिने डडेल्धुराका पर्यटन कर्मी गणेश थापाले वताउँनु भयो । पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार र सम्बद्र्धन गर्न सके पर्यटन क्षेत्रबाट आर्थिक उपार्जनका साथै रोजगारीका अवसरहरु पनिख सृजना गर्न सकिने ठूलो सम्भावना रहेको छ । त्यस्तै गरि डडेल्धुरा जिल्लामा विभिन्न ठाँउमा भागेश्वर गाउपालिका अन्तरगत साईल झर्ना, आलिताल, शिवपुरि धाम ,भागेश्वर मन्दिर लगायत थुपै धार्मितथा पर्यटकिय स्थलहरु रहेकाले यस क्षेत्रको पर्यटन विकास गर्न सके यहँका स्थानियलाई आर्थिक रुपले निकै फाईदा हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्