उपहार खबर संवाददाता
एक स्थानीय तहको वडा कार्यालयले बच्चा जन्मिनुभन्दा १५ दिन अगाडि जन्मदर्ता गरेको भन्दै चर्को आलोचना भएको छ ।
सर्लाहीको गोडैटा नगरपालिका वडा नम्बर ३ को कार्यालयले २०७७ साल असोज १३ गते जन्म भएको भनी जन्मदर्ता गरेको पाईएको छ । लेख्दाखेरी झुक्किएर लेखेको हुन सक्ने प्रष्ट छ किनकि भाद्र २९ गते लेखिएको प्रमाणपत्रमा असोज १३ जन्म उल्लेख नगर्नु पर्ने हो ।
सरगम कुमार कुशहवाको असोज १३ गते जन्म भएको उल्लेख गरेको हो ।