सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । शव फेला परेकामध्ये हिरामाया नेवार,
जुनु विक,
शुकुलाल विक,
सन्देश विक,
धनलाल नेवार,
भक्तिमाया श्रेष्ठ,
ल्याङ्सी तामाङ,
ज्ञानीमाया प्रधान,
सरस्वती विक,
करण श्रेष्ठ र
सर्किनी नेवार को पहिचान भएको छ । अन्य २० जना अझै बेपत्ता नै छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बेपत्ताको खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् । बेपत्ता हुनेहरुमा
रसबहादुर नेवार,
दिलमाया श्रेष्ठ,
रीता श्रेष्ठ,
कोनियल श्रेष्ठ,
नादान श्रेष्ठ,
अमृत श्रेष्ठ,
मनिला श्रेष्ठ,
रियासु शिवभक्ति,
रामकुमारी श्रेष्ठ,
कुमारी श्रेष्ठ,
लालवहादुर श्रेष्ठ,
बुद्धलक्ष्मी श्रेष्ठ,
लक्ष्मी श्रेष्ठ,
कुमार विक,
सोनिया विक,
रुपा विक,
सिंहवहादुर विक, कठमाण्डौ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालक सहित बीस जना हराईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोबाट नागपुजे, विक टोल र नेवार टोलका २२ घरमा क्षति पुगेको बाह्रबिसे नगरपालिकाको उपप्रमुख सुशिला पाख्रिनले जानकारि दिनुभयो । पहिरो पश्चात प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निरीक्षण गरी जिल्लामा भएका पहिरो पीडितलाई स्थानान्तरणको तयारी गर्दागदै अकल्पनिय घटना भएको वताउनुभयो । बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र प्रदेश सांसद सरेश नेपालले विस्थापितको वसाई ब्यवस्थापनमा आफूहरु लागिपरेको वताउनुभएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।
सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेको स्थानीय सरकारको तथ्याङ्क छ । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ४७ वस्तीका घरहरु असुरक्षित रहेका जिल्लाका स्थानिय तहहरुले जनाएका थिए । जोखिम वस्ती स्थानान्तरण गर्न वनेको जिल्लाको समितिले तत्काल अति जोखिममा रहेका आठ वस्तीका ६४० घर सुरक्षित स्थानमा सर्नुपर्ने जनाएको थियो । समितिले जिल्लाका एघार हजार १०९ परिवार सुरक्षित स्थानमा सार्न आवश्यक देखाँउदै संभावित सुरक्षित स्थान सहितको तत्काल आठ वस्ती स्थानान्तरण गर्न प्रक्रिया अगाडि वढाएको जनाएको थियो । तर समितिले स्थानान्तरण गर्न औल्याएको वस्तीमा नागपुजे पर्दैन । राष्ट्रिय पुननिर्माण प्राधीकरण भौगर्भिक अध्ययन तथा जग्गा ब्यवस्थापन शाखाले भूकम्प पछिको पुननिर्माणको बेला जिल्लाभर २४२ वस्ती जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।-गोरखापत्र अनलाइनबाट