बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ को ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र परेको छ । शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डाै गएको र लकडाउन हुँदा झन समस्यामा परेको छ ।
बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली गाउँकी सुसिला शार्कीको परिवार हाल काठमाण्डौमा अलपत्र अबस्थामा रहेको बुढिनन्दा नगरपालिका बासी हिमशिखर मल्लले जानकारी दिएका छन । उनको परिवारका लागि केही युटुवरबाट राहत संकलन गरि हालसम्म ब्यबस्थापन गरेको भए पनी अब समस्या हुने मल्लले बताए ।
सुसीलाका श्रीमान सुस्त मनस्थीतीका भएकोले उनको उपचारका लागि नाबालक छोराछोरी समेत लगेर ९ महिना अगाडी काठमाण्डौ गएको बुभिएको छ । उनको उपचार हुदाहुदै कोरोना महामारीका कारण लकडाउनमा परेकोले ४ महिनादेखी अलपत्र अबस्थामा रहेको मल्लले जानकारी दिएका छन । उनको परिवार ५ महिना अगाडी सम्म बजार जताततै भारी बोक्ने ज्यला मज्दुरी गरी खाने भए पनी हाल लकडाउनका कारण कुनै काम नपाएपछी उनका ३ छोराछोरी बुढा र आफु अलपत्र अबस्थामा रहेको सुसीलाले बताइन ।
केही समय अगाडी आफुले भेटाएपछी बिभन्न युटुवरलाइ बोलाएर सहयोग गर्न लगाइयो केही दाल चामल आफुले पनी दिए अब सबै तिर सबैलाई समस्या हुदै गएको छ हिमसिखर मल्ले बताए । उनले भने आफ्नो ९ आनाको जमीन छ त्यसैमा तरकारी लगाउ भनेको छु उनको अहिले दैनीकी ब्यहाल भएको मल्लले जानकारी दिएका छन । हाल उनको ६ जनाको परिवार काठमाण्डौ स्थित चन्द्रगिरी नगरपालिकाको छेउतिर जग्गलको छेउँमा रहेको पुरानो छोडेको घरमा ओत लागेर बसेका छन मल्लले भने ।
लकडान पश्चात उनको परिवारका लागि नगरपालिकाले केही गर्नुपर्ने अबस्थामा नगरपालिका पनी बेेेेखबर बनेको छ । नगरपालिकाले हुने खानेहरुको उद्धार गरेको भए पनी हुदा खानेको ब्यवस्था गरेको स्थानीयले बताउदै आएका छन ।
उनको परिवारको उद्धारमा सबैले सहयोग गरिदिन हिमसिखर मल्लले अनुरोध समेत गरेका छन । यदि उनको ६ जनाको परिवारलाइ सहयोग गर्न चाहने सहयोगी मनहरुले हिम सिखर मल्लको फोन न ९८४०६०१२५३ मा सम्पर्क गर्नुहुोला । समाचार श्रोत : बडिमालिका खबर