प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण

lj/f6gu/, !( sflQs -/f;;_ M k|b]z g+ ! sf ;fdflhs ljsf;dGqL hLjg l3ld/] dGqfno Pj+ :jf:Yo lgb]{zgfno wgs''6fåf/f dªunaf/ cfof]lht …:jf:Yo sfo{s|dx?sf] k|b]z:t/Lo aflif{s ;dLIff uf]i7Lsf] pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ . t:jL/ M dgf]h bfxfn

विराटनगर- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।

यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहनुभएको छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।-रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्