प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।

भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् ।

नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन तर भारतको स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्रीस्तरमा टेलिफो सम्वाद भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्