सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा पहिरोले २७ घर पुरिएको छ ।
शुक्रबार विहान ६ बजे पहिरो गएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको बताउनुभयो ।
यसैबीच पहिरो गएको क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, चौतारा साँगाचोक गढीका प्रमुखसहितको टोलीले टोली उद्दारका लागि पहिरोग्रस्त ठाउँको भ्रमण गर्नुभएको छ।
फोटो सौजन्य : श्रीधर नौपाले,
सभामुखका प्रेस सल्लाहकार