नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौँ –  नेपालमा कोरोनाका कारण थप ५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा थप ५ जनाको निधन भएको हो । निधन हुनेमा पर्साका ३ जना, सिरहाका १ जना र सर्लाहीका १ जना रहेका छन् ।
विरगञ्ज महानगरपालिका वडा नं. ९ का ४५ बर्षीय पुरुष, वडा नं. ११ का ७९ बर्षीय पुरुष र ५७ बर्षीय पुरुष र सिरहा गोलबजारका २५ बर्षीय पुरुष तथा सर्लाहीका ४५ बर्षीय पुरुष गरी ५ जनाको निधन भएको हो । यसैगरी शुक्रवार देशभरी नयाँ संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्