काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ । उनले बुधबार विज्ञप्ति जारी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् ।
हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् । ‘३÷४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो’
यसबीचमा आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका छन् । ‘कोरोनालाई सामान्य रोगको रुपमा ग्रहण गर्नुको विकल्प अब हामीसँग रहेन तर हामी सबैले सचेत भएर कोरोना फैलन नदिन आवश्यक मापदण्ड पालना गर्नैपर्छ’ उनले भनेका छन् ।