काठमाडौं – सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा २ सयले बढेर ९९ हजार ८ सयमा कारोबार भइरहेको छ ।
आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको पनि महासंघको भनाइ छ ।
महासंघले आजका लागि तेजाबी सुनको प्रतितोला कारोबार मूल्य भने ९९ हजार ३७५ रुपैयाँ तोकिको छ भने चाँदीको प्रतितोला भाउ १२ यस ३० रुपैयाँ पुगेको छ ।
सुनको भाउ अन्तरािष्ट्रय बजार मूल्यमा निर्भर गर्ने भएकाले मूल्य वृद्धिमा स्थानीय बजारको भूमिका नहुने महासंघका अधिकारी बताउँछन् ।