सुदूरपश्चिमा शनिबार थप १ सय ९४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप १ सय ९४ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कैलालीका ८९ जना, बझाङका ६८ जना, अछामका २८ जना, र कञ्चनपुरका ९ जना गरि १ सय ९४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी शनिबार देशभरी तीन सय १५ जनामा कोरोना पुष्टि भएको छ ।