काठमाण्डौ– सरकारले काठमाण्डौ प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने सङ्केत गरेको छ । काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने सङ्केत गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको कार्यक्रममा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले काठमाण्डौमा संक्रमित थपिँदै गएको र घना बस्तीमा थप जोखिम रहेकाले नाकामा थप कडाइ हुने बताउनुभयो । यसको लागि सुरक्षा निकायले योजना बनाउने उनको भनाइ छ ।
यस्तै देशैभरि कोरोनाको जोखिम बढ्दै गएकोमा सरकार थप चिन्तित भएको र नागरिकले थप सतर्कता अपनाउनुपर्ने खतिवडाले बताए ।