काठमाडौं – बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।
मंगलबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।