काठमाडौँ – बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए । घर गएपछि उनको मृत्यु भएको थियो । मृत्यु पश्चात कोरोना परीक्षण गर्दा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मत्यु हुनेको संख्या ४९ पुगेको छ ।