दार्चुलामा पहिरोले पुरिएर जोशी दम्पतिको मृत्यु

दार्चुला – दार्चुलामा पहिरोले पुरिएर बेपत्ता भएका एक दम्पतीको मृत्यु भएको पुष्टि भएको छ ।

दुहू गाउँपालिका–३ मा पहिरोले घर पुरिदा ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए । पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भए । सुनिलले नै प्रहरीलाई पहिरोले घर पुरेको खबर गरेका थिए । प्रहरीले मंगलबार बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी गरेको थियो ।

पहिरोले केहि चौपाया समेत मरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्