सरिता गिरीकाे ठाँउमा रिक्त प्रतिनिधि सभा सदस्यमा लीलादेवी सिटौला

काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टीको रिक्त प्रतिनिधि सभा सदस्यमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ ।

जनता समाजवादी पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै तत्कालिन समाजवादी पार्टीबाट समानुपातिक सांसद सरिता गिरीलाई निश्कासन गरेपछि रिक्त पदमा सिटौलालाई निर्वाचित गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गिरी निर्वाचित भएको खस आर्य अन्तर्गत समावेशी समूहमा सिटौलाको नाम सिफारिस भएको थियो ।

गिरीले निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएपछि सिटौला औपचारिकरुपमा प्रतिनिधि सभा सदस्य हुनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्