सुशील सुवेदी, सिन्धुपाल्चाेक
पछिल्लो समय सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै जनजीवन सामान्यतर्फ फर्किदै गएको छ । यसरी मुख्य बजारहरुमा मास्क विना मानिसहरु हिडडुल गर्ने, भिडभाडमा जाने जस्ता क्रियाकलाप बढेपछि आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले हिडडुल गर्दा मास्क नलगाए जरिवाना निर्णय गरिएको हो ।
पछिल्लो समय लकडाउन सकिएपछि सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र स्यानिटाईजर प्रयोग गर्ने आदि कार्यमा व्यवसायी, कार्यालय, संघ सस्थाले समेत सचेतता नअपनाएको गुनासो वढेको छ ।
सचेत गराउँदा समेत यस्ता क्रियाकलाप पुन दोहोरिएमा सोमबारबाट संक्रामक रोग ऐन २०२० बमोजिक जरिवाना वा कारवाही गरिने समेत प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । यससंगै आइतबार बसेको बैठकले बाह्रबिसेको जम्बुको बाढीपहिरो पिडितको उद्धारको लागि उद्धार टोलि लिएर आएको सबारी चालकलाई कोभि १९ (कोरोना भाइरस) को संक्रमण देखिएसँगै उक्त कार्यमा संलग्नहरुको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि पठाउने निर्णय समेत गरेको छ ।