काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् ।
शनिबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता कर्णले भने, ‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं ।’
नेता कर्णले वर्तमान सरकार छ कि छैन् भनेर खोज्ने अवस्था रहेको चित्रण गरे । उनले भने,‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढि÷पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’