मुकेश कुशवहा
माउन्टेन टेलिभिजनमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईप्रति लक्षित दुरासयपूर्ण समाचारप्रति आपत्ती जनाउदै टेलिभिजनमा ज्ञापन पत्र पेश गरेका छन् ।
गत असार ३१ गते माउन्टेन टेलिभिजनद्वारा प्रशारित समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक उनको मन्त्रीमण्डल, प्रम ओलीका सहकर्मी नेताहरु, देशमा विद्दमान राजनीतिक दलहरु, प्रशासक कर्मचारी र नागरिक समाज भारतीय स्वार्थमा भारतका लागि काम गरिरहेको र यी सबैको नेतृत्व पूर्व प्रधानमन्त्री डा. भट्टराइले गरिरहेको निराधार कपोलकल्पित आरोप लगाएर अमुक नेता बाहेक सारा देश भारतका लागि काम गरिरहेको भ्रामक र प्रायोजित समाचार प्रशारण गरेर देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमतता र राष्ट्रिय एकतामा गम्भिर चोट पु¥याउने अपराधिक कार्य गरेको समाजवादी युवा संघको ठहर छ ।
तथ्य, प्रमाण र आधारहिन समाचार प्रशारण गरेर देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमसत्तामा, राष्ट्रिय एकतामा गम्भिर चोट पु¥याएको, जनतामा भ्रम र अपवाह फैलाएको तथा डा. भट्टराईको मानहानी गरेको हुदा माउन्टेन टेलिभिजनमा ज्ञापन पत्र पेश गरको युवा संघले जनाएको छ ।
माउन्टेन टेलिभिजनका सिइओ सनत न्यौपानेलाई ज्ञापन पत्र बुझाउदैँ तीन दिन भित्र उक्त समाचार हटाउन र माफि माग्न अल्टिमेटम दिएको छ ।