नेकपाका दुई अध्यक्षबीच छलफल, सहमतिको प्रयास जारी

FILE PHOTO

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो बार्ता भएको छ । तीन दिनपछि भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्षका सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न दिउँसो १२ बजे बालुवाटार पुगेका उनका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले बताए । दुई अध्यक्षबीच करिब ४५ मिनेट वार्ता भएको र वार्ता सकारात्मक रहेको उनले बताए । साउन ६ गते यता दुई अध्यक्षबीच वार्ता हुन सकेको थिएन । तीन दिनपछि भएको वार्तामा सहमतिको प्रयास जारी राख्ने दुवै अध्यक्षबीच कुरा भएको सापकोटाले बताए ।
नेकपाको स्थायी कमिटी बैठक १३ गते ११ बजेकालागि सारिएको छ । सोअघि दुई अध्यक्षबीचमा देखिएको आन्तरिक विवाद र मतभेद अन्त्यका लागि समय प्रदान गरिएको स्थायी कमिटीका सदस्यहरुको भनाई छ । स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिए पनि दुई अध्यक्षबीच सघन बैठक हुन सकिरहेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्