काठमाडाैँ – नेपालमा बुधबार थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा एक सय जनामा कोरोना पुष्टि भएको बताए । यससँगै नेपालमा कोरोना सक्रिय रहने संख्या ५ हजार ३ सय ६८ छ । अहिलेसम्म नेपालमा कोरोना सक्रिय हुनेको संख्या ५ हजार ३ सय ७० रहेको छ ।
कोरोना सक्रिय हुनेको संख्या प्रदेश नं. १ मा १ सय १९ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० जना, गण्डकी प्रदेशमा ३ सय ९९ जना, प्रदेश नं. ५ मा ३ सय ४५ जना, कर्णाली प्रदेशमा २ सय ९० जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना रहेका छन ।
यस्तै बुधबार २ सय ७ जनाले कोरोना जितेका छन ।