कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ ।
सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति नभएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
उक्त गाडी उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको प्रहरीले जनाएको छ ।