नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
सचिवालय बैठक दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने अडान कायमै राखेका छन् ।

शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सचिवालय बैठकपछि आइतबार अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्