कञ्चनपुर – नेपाल रेडक्रस उप–शाखा दैजी, कञ्चनपुरले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले गर्दा जिल्ला रेडक्रसमा रगतको अभाव हुदैँ आएको थियो । सोही कुरालाई मध्यनजर गर्दै शुक्रवार रक्तदान कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले रक्तदान गरेर उद्घाटन गरिएको थियो ।
साथै यस कार्यक्रममा शाखाका सभापति, सम्पुर्ण पदाधिकारी लगायत एक महिला पदाधिकारी गरी २० जनाले रक्तदान गर्नु भएको छ ।