काठमाडाैँ – कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. १ का ७३ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार उनी मुटुका दिर्घरोगी थिए । उनलाई स्वासप्रसाशमा समस्या देखिएपछि असार ३१ गते विपी कोइरालामा भर्ना भएका थिए । पछि कोरोना परीक्षण गर्दा कोरोना पजेटिभ भएको थियो ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा साउन १ गते उनको मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या ४० पुगेकाे छ ।