११ वर्षिया बालिका बलात्कार गरेकाे आरोपमा ६६ वर्षिय बृद्ध पक्राउ

सांकेतिक तस्बिर

मुकेशप्रसाद जोशी, कञ्चनपुर
कञ्चनपुरमा एक बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–४ की ११ वर्षिया बालिकालाई बलात्कार गरेकाे आरोपमा ६६ वर्षिय नर बहादुर भण्डारी पक्राउ परेका हुन् ।
पक्राउ गरिएका भण्डारी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका छन् । उनीमिाथ जबरजस्ती करण अभियोगमा अनुसन्धान अघि बढाइएको छ ।
दुई साता अघि भण्डारीले बालिकालाई बलात्कार गरेको भन्दै उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्