घरमा भानुजयन्ती मनाउँदै हस्तबहादुर पौडेल, भानु पुस्तकालय स्थापनाको पहल गर्ने वडाध्यक्षको प्रतिबद्धता

प्रेम जोशी, कैलाली
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज कैलालीको मसुरियामा पनि मनाईएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले सिमित पारिवारिक जमघट गरेर स्थानीय हस्तबहादुर पौडेलको आयोजनामा कार्यक्रम गरेर भानुभक्त जयन्ती मनाईएको हो ।

गत बर्ष घरमै भब्य रुपमा गाउँका बुद्धिजीवी भद्रभलादमी जेष्ठ नागरिक बालबालिकाहरुलाई निमन्त्रणा गरेर दिनभरि कार्यक्रम गरेका पौडेलले आज भने कोरोना भाईरसको त्रासले सिमित आफन्त बिच भानु जयन्ती मनाएका छन् ।
आज घरमा दिनभरि भानुभक्तले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी हस्तबहादुर पौडेलले भानुजयन्ती मनाउँछन्।​
भारतमा नेपाली भाषी समुदायले सार्वजनिक रुपमा उत्सवका रुपमा मनाउने भानु जयन्ती नेपालमा भने खासै मनाउने जस्तो नलाग्ने भन्दै पौडेलले भने रामायणको नेपाली भाषामा अनुवाद गरेर गरेको योगदानको सहि मुल्यांकन हुन नसकेको आफ्नो बुझाई रहेको बताए ।
गौरीगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष हरिप्रसाद तिवारीले भानुभक्तको तस्बिरमा माल्यपर्ण गर्दै भानु पुस्तकालय स्थापनाको पहल गर्ने र आगामी बर्षबाट वडा तहमा भानुजयन्ती मनाउने प्रतिबद्धता जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्