संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरको अध्यक्षमा जोशी निर्विरोध चयन

काठमाडौँ – कञ्चनपुरमा संस्थागत विद्यालय शिक्षक युनियन गठन गरिएको छ ।
आइतबार संस्थागत विद्यालय शिक्षक युनियन सुदूरपश्चिम प्रदेश अध्यक्ष तिर्थराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरको अध्यक्षमा धनन्जय जोशी निर्विरोध निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्ष माधव राज पन्त, उपाध्यक्ष उमा जोशी, महासचिव चन्द्र धामी, सह सचिव मञ्जु पनेरु, कोषाध्यक्ष अन्जना धामी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोबिन्द धामी, माधव भट्ट, गंगादत्त भट्ट, नरेश जोशी, लवदेव जोशी, चेत राज बोहरा, शिवराज जोशी, मिन गिरी, धर्मानन्द जोशी, लोकराज बस्नेत, लोकराज जोशी चयन भएका छन् । अध्यक्ष जोशी सहित १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

संगठनले संस्थागत विद्यालयका शिक्षकहरुको हकहितका लागि काम गर्दै आएको छ । कञ्चनपुरमा रहेका संस्थागत विद्यालयहरुमा काम गर्ने शिक्षकहरुको हकिहतका लागि संगठन सधै तयार हुने अध्यक्ष जोशीले उपहारखबरलाई बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्