संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा काम गर्न भनेका छन् । हरेक योजनाहरू त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय अगुवासहित सार्वजानिक सुनुवाइ हुनुपर्ने बताए ।
कोभिड–१९ को फैलिन नदिन लकडाउन जारी भएसँगै पशुपतिनाथको नित्य पूजामात्र हुँदैआएको छ । त्यस क्षेत्रमा सर्वसाधारणलाई पूजाआजा र आउजाउ बन्द गरिएको छ ।