सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको घटनाप्रति दुख प्रकट गरेको छ ।
आज पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि, सरोकारवाला निकायहरुबीच मेलम्चीमा भएको छलफलमा सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको यस्ता हर्कतबारे दुख प्रकट गरेको हो । आइतबार प्रमुख जिल्ला अधिकारी उमेस कुमार ढकालले पानी परीक्षण उद्घाटन गरेका थिए ।
साथै आइतबार जिम्मेवार मन्त्रीले गरेको पत्रकार सम्मेलनमा सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि ध्यानाकर्षण भएको जनाइएको छ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्चीको पानी सिन्धुवासीको भएपनि त्यसबारे कुनै सम्बोधन नगरी पानी काठमाडौं आएको भन्दै मन्त्रालय र खानेपानी विकास समितिलाई मुख्य श्रेय दिएका थिए । उक्त अभिव्यक्ति तुरुन्त सच्याउन माग गर्दै आउँदा दिनमा यसैगरी निर्णय गरे थप समस्या हुने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तमाङ मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल राप्रपा २ नं. क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहाल हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तमाङ उपाध्यक्ष चिरन तमाङ ईन्द्रवती सरोकार समितिका अध्यक्ष बिष्णुमणी आचार्य लगायतले लेबी र स्थानियको माग पुरा नगरि पानी लगे आन्दोलन गर्ने चेतावनी दिए ।
लेभी, मजदुर, कर्मचारी र सप्लायर्सहरुको समस्या र विकासनिर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानावर्षण गरेको छ ।