काठमाडौँ – भारतमा कोरोना संक्रमणदर दिन प्रति दिन बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २४ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६१० जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ । भने भारतमा ४ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् ।