कलाकार भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहबीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप चलिरहेको छ । यस विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेका छन । कोहि केसी पक्षमा बोलिरहेका छन भने कोहि साम्राज्ञीका पक्षमा आवाज उठाइरहेका छन् ।
यस विषयमा नेपाल चलचित्र कलाकार संघले कलाकारहरुको विवाद समाधानका लागि मध्यस्थता गर्न तयार रहेको जनाएको छ ।
हाल केही चलचित्र कलाकारहरुको आपसी विवाद र आक्षेप सन्दर्भमा पनि संघले प्रचारमा आएका सबै कलाकारहरुसँग सम्पर्क गरेको छ । वार्ताद्वारा समस्या समाधान गर्न आव्हान पनि गरेको छ’ अध्यक्ष रविन्द्र खड्काले विज्ञप्ति निकालेर भनेका छन्, ‘
वर्तमानमा निस्किएका आक्षेप एवं समस्या पटाक्षेप र समाधान गर्न संघ क्रियाशिल रहेको भन्दै कलाकारहरुलाई संघमा आउन पनि कलाकार संघले आह्वान गरेको छ ।
साम्राज्ञीले केहीदिन अघि एक भिडियो सार्वजनिक गर्दै भुवन केसीले आफूमाथि दुव्र्यवहार गरेको बताएकी थिइन । त्यसको जवाफमा भुवनमा बिहीबार कलाकारसंघलाई निवेदन लेखी छानविनको माग गरेका छन् ।